२०८३, १६ श्रावण शनिबार | Sat Aug 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा बहादुर तामाङको घरमा आगलागी



खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका जित बहादुर तामाङको घरमा आगलागी भएको छ। साउन १८ गते साँझ ६ बजेको समयमा घरभित्र रहेको चुलोबाट अचानक आगो सल्किदा करिब १३ लाखको क्षती भएको प्रहरीले जनाएको छ।

आगलागीबाट बाँसको चित्राको छाना भएको एकवटा दुइतले घर, घरभित्रका अन्नपात, भाडावर्तन, लत्ताकपडा, धनिपुर्जा, नागरिकता जलेर नष्ट भएको छ।

आगोलाई स्थानीय र प्रहरीले साँझ ६:४५ बजे पुर्णरुपमा नियन्त्रणमा लिएका थिए।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार ००:००  ११ : १८ बजे