२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा दुईजना पुरुष मृत



मोरङ जिल्लाका दुई फरक स्थानमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा भएका घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान घरनजिकैको धानखेतमा मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, लिम्बूको दायाँ नाकबाट रगत बगेको र हातखुट्टा कठ्यांग्रिएको अवस्थामा शव भेटिएको थियो ।

कानुनी प्रक्रिया पूरा गरी उनको शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको छ । घटनाको थप अनुसन्धान इन्स्पेक्टर रन्जन बरालको टोलीले गरिरहेको छ ।

बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव सोमबार साँझ आफ्नै धानखेतमा मृत अवस्थामा फेला परेका छन् । उनी युरिया मल छर्न खेतमा गएका थिए ।

प्रहरीका अनुसार ऋषिदेवको शव खेतमै घोप्टो परेको अवस्थामा भेटिएको हो । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२, २१ श्रावण मंगलबार ००:००  ११ : ११ बजे