२०८२, १८ माघ शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा फिदिमका दुई युवा पक्राउ



युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पाँचथर सदरमुकाम फिदिमका एक युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा फिदिम नगरपालिका १ घर भई हाल घरकाठमाडौं टोखा नगरपालिका २ बस्ने ४६ वर्षीय उमेश हिङमाङ र म्याग्दी मंगला गाउँपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका १५ बस्ने ३६ वर्षीय नर बहादुर बुढाथोकी रहेका छन् ।

पक्राउ मध्ये नर बहादुरले युएई पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १ लाख रुपैयाँ र उमेशले दुई जना पीडितहरूबाट ११ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नर बहादुरलाई काठमाडौं महानगरपालिका ११ बाट र उमेशलाई टोखा नगरपालिका २ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २०८२, २२ श्रावण बुधबार ००:००  २ : ४६ बजे