२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक ‍( भिडियाे )



र्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ।

बुधबार बिहान ‘म त नराउरी’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। 

यो गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो।

तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ।   

विष्णुको यस वर्षको तीज गीतमा पनि उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। भिडिओमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्। भिडिओमा  ६० जना काेरस राखिएको छ। 

भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको हो।

प्रकाशित मिति : २०८२, २८ श्रावण बुधबार ००:००  ११ : ०३ बजे