२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीको १० नम्बर वडाले काठमान्डौंमा सुरु गर्याे दुई दिने प्रशासनिक शिविर

काठमाडौं बसोबास गर्ने नागरिकलाई वडास्तरीय सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको अध्यक्ष धमलाको भनाई



सुनकोशी गाउँपालिका वडा नम्बर १० ले नागरिकलाई लक्षित गरी दुई दिने शिविर सञ्चालन गरेको छ । शिविर साउन ५ र ६ गतेसम्म काठमाडौंको चाबहिलस्थित भिएस कलेजमा भइरहेको छ ।

शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण तथा नविकरण, परिचयपत्र दर्ता, मालपोत कर तिर्ने सुविधा, वडाबाट आवश्यक सिफारिससहितका सेवाहरू प्रदान गरिएको वडा अध्यक्ष छवि रमण धमलाले अनालाईन सरोकारलाई बताउनु भयो ।
अध्यक्ष धमलाले गाउँपालिका बाहिर रहेका तथा अस्थायी रूपमा काठमाडौं बसोबास गर्दै आएका नागरिकलाई सहज रुपमा वडास्तरीय सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको बताउनु भयो ।

शिविरमार्फत सेवाबाट लाभान्वित भएका नागरिकहरूले शुनकोशी गाउँपालिका वडा नम्बर १० र अध्यक्ष धमलाको पहलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२, ५ भदौ बिहिबार ००:००  ५ : ३५ बजे