२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक सम्पदाको नयाँ आकर्षण तमानखोलाकाे बह्रा ताल



बागलुङको तमानखोला गाउँपालिका–२ मा अवस्थित धार्मिक, प्राकृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बह्रा ताल हाल पूर्वाधार विकाससँगै नयाँ स्वरुपमा देखिन थालेको छ । स्थानीय तह, प्रदेश सरकार र स्थानीयवासीको सक्रिय सहभागिता तथा जनश्रमदानले ताल क्षेत्र अहिले मनमोहक पर्यटन गन्तव्यका रूपमा उदाउँदै गएको छ ।

ताललाई परिक्रमा गर्न सकिने गरी ढुङ्गा बिछ्याएर पैदलमार्ग निर्माण गरिएको छ । साथै आकर्षक प्रवेशद्वार, वरिपरिको मन्दिर र ढकमक्क फुलेका गुराँसले ताललाई अझ लोभलाग्दो बनाएका छन् ।

करिब ५०० वर्षअघि पानीको स्रोत खोज्ने क्रममा बाउबाजेले यस ताललाई पत्ता लगाई खानेपानीका रूपमा प्रयोग गरेको ऐतिहासिक किम्बदन्ती छ । धार्मिक मान्यता र इतिहाससमेत बोकेको यो ताल अहिले तमानखोला गाउँपालिकाको मुख्य पर्यटकीय सम्पदामा रहेको तमानखोला गाउँपालिका २ का स्थानीय बासी रणबहादुर बरालले अनालइन सरोकारलाई बताउनु भयो ।

गाउँपालिका र वडाको प्रयास सीमित रहे पनि संघीय तथा प्रदेश सरकारको पर्याप्त सहयोग र प्रचार–प्रसार हुन सकेमा गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयवासीहरूको विश्वास छ ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार ००:००  २ : ०१ बजे