२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुटकेशभित्र महिलाको शव फेला



रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो । गौर नगरपालिका वडा नम्बर ९ पर्ने सो सडकमा शनिबार राती १०ः३० बजे शकास्पद सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनका अनुसार प्रहरी टोलीले आज ( आइतबार ) बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । मृतक महिलाको अहिलेसम्म कुनै पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको छ ।
घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ ।

प्रकाशित मिति : २०८२, ८ भाद्र आइतबार ००:००  १ : ४१ बजे