२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगर ग्यास’ का तीन हजार ३० सिलिन्डर नष्ट गरियो



काभ्रेको बनेपा नगरपालिका–४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको सगर ग्यासका तीन हजार ३० सिलिन्डर नष्ट गरेको छ । मिति गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार बढी सगरका एलपी ग्यास सिलिन्डर आइतबार नष्ट गरिएको हो ।

सगरमाथा ग्यास उद्योग प्रालिका संचालक सावरमल अग्रवालका अनुसार आफ्नो बार्षिक कार्य तालिका अनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले सिलिन्डर नष्ट गरिएको हो ।

‘आयल निगमको निर्देशन र नेपाल गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै पुनः प्रयोग गर्न नमिल्ने साथै हाइड्रोलिक परीक्षणमा फेल भएका करिब ३ हजार ३० वटा सिलिन्डर यस बर्ष नष्ट गरेका हौं । हाम्रो वार्षिक कार्यक्रम अनुसार एक बर्षमा संकलित यस्ता सिलिन्डर नियमित नष्ट गर्दै आइरहेका छौं,’ अग्रवालले भने,‘हाइड्रोलिक परीक्षण फेल भएका, म्याद गुज्रिएका र कुच्चिएका सिलिन्डरहरु अत्याधुनिक मेसिनको सहायतामा डिस्पोजल गर्ने गरेका छौं ।’

दैनिक सात हजार पाँच सय सिलिन्डर भर्दै९रिफिल० आइरहेको सगरमाथा ग्यास उद्योग प्रालि अन्तर्गतका ‘सगर ग्यास’का हाल साढे चार लाख सिलिन्डर बजारमा रहेको संचालक अग्रवालले जानकारी दिए ।

सिलिन्डर ग्यास विस्फोट हुनुको कारण सिलिन्डरको कारण मात्र नभए रेगुलेटर र पाइप पनि प्रमुख कारण हुने उनले बताए । ‘ग्यास विस्फोट हुनुमा सिलिन्डर मात्र दोषि हुँदैन् । रेगुलेटर र पाइपमा पनि ध्यान दिनुपर्छ । हामीले प्रत्येक डिपोहरुलाई सचेत गराउँदै आइरहेका छौं । प्रज्वनशिल र संवेदनशिल वस्तु भएकाले सचेत भएर काम गर्न भनेका छौं,’ उनले भने ।

सगरमाथाले आइतबार नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता अधिकार अध्ययन मन्चका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको उपस्थितिमा सिलिन्डर नष्ट गर्ने काम सुरु गरेको हो ।

सो अवसरमा नेपाल गुणस्तर तथा नापतौल विभागका प्राविधिक इन्जय कुमार मानन्धरले एनएच प्लान्ट ५३३ भन्ने गुणस्तर मापदण्ड अनुसार सगर ग्यास सिलिन्डर नष्ट गरिएको जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मितिबाट २० वर्षसम्म प्रयोग गर्न योग्य हुन्छ । पहिलो पटक १० वर्षमा परीक्षण ‘हाइड्रोलिक टेष्ट’ गर्नुपर्छ । त्यसपछि ५-५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार सगरका तीन हजार ३० सिलिन्डर नष्ट गर्नुपर्ने देखिएको छ,’ उनले भने ।

प्रकाशित मिति : २०८२, ८ भाद्र आइतबार ००:००  २ : ५२ बजे