२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशीकाे उग्रचण्डी लिस्तीमाइ मन्दिरमा बढ्दै धार्मिक रौनक



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण उग्रचण्डी लिस्तीमाइ मन्दिर पछिल्लो समयमा थप आकर्षक बनेको छ । स्थानीय सरकारको पहलमा मन्दिर परिसरमा भौतिक पूर्वाधार विस्तार तथा वातावरण संरक्षणसँगै धार्मिक रौनकता बढेको हो ।

गाउँपालिका अध्यक्ष र वडा नम्बर १ का अध्यक्षको संयुक्त पहलमा मन्दिरको स्वरूप परिवर्तन गरिएको हो । स्थानीय तहले विशेष बजेट छुट्याएर मन्दिर परिसरमा आगन निर्माण, वरपरको वातावरण संरक्षण तथा अन्य संरचनागत सुधार गरेको मन्दिरका पुजारी मानबहादुर प्रधानले अनलाइन सरोकारलाई बताउनु भयो
“मन्दिरलाई व्यवस्थित बनाउन गाउँपालिकाले दिएको साथले यहाँको धार्मिक महत्त्व झन् बढेको छ ।”

उग्रचण्डी लिस्तीमाइ मन्दिरमा विशेषगरी मनोकामना पूरा हुने विश्वासले भक्तजनहरूको भीड लाग्ने गर्छ । विशेषतः सन्तान प्राप्तिको लागि निसन्तान दम्पतीहरूले यहाँ पूजा गर्दा इच्छापूर्ति हुने धार्मिक आस्था रहिआएको छ । मागेको कुरा पूरा हुने र आशिर्वाद प्राप्त हुने विश्वासले स्थानीय मात्र नभई अन्य जिल्लाबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

पूर्वाधार विकाससँगै स्थानीय बासिन्दाले मन्दिरलाई आफ्नो गर्वको पहिचानका रूपमा लिएका छन् । मन्दिर परिसर व्यवस्थित भएपछि धार्मिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेस्थानीयको अपेक्षा छ, धार्मिक आस्था र ऐतिहासिक महत्व जोडिएको यस मन्दिरलाई अझ प्रचारप्रसार गरी धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार ००:००  ४ : १७ बजे