२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखामा मोटरसाइकल ठोक्किँदा विद्यार्थी नेतासहित दुई युवकको मृत्यु



दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल एक आपसमा ठोक्किँदा विद्यार्थी नेता शिरिषद बस्नेतसहित दुई युवकको मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका(६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाईकल आपसमा ठोक्किँदा भिमेश्वर र वैतेश्वरका युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका-३ चिलाउने खर्कका २५ वर्षीय सुजन दाहाल रहेको दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए।

शिरिष गौरिशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन् । अनेरास्ववियुबाट स्ववियु सभापतिमा निर्वाचित शिरिषका बुबा रामचन्द्र बस्नेत एमाले नेता तथा निवर्तमान वडाध्यक्ष हुन् ।

मृतक सुजन जिल्ला सदरमुकाम चरिकोटस्थित एक होटलमा सवारी चालकको रुपमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार ००:००  १२ : २० बजे