२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना



नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा धर्ना दिएका छन्।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम समेत रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार राजनीतिक दलको कार्यलयमा धर्ना दिने कार्यक्रम अन्तर्गत आज कांग्रेस पार्टी कार्यालयमा धर्ना दिइएको हो ।

त्यसै गरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ।

प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आफनो माग सम्बोधन नभएसम्म आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८२, ११ भदौ बुधबार ००:००  १२ : ४९ बजे