२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तजनको संकट टार्ने क्षेमा देवी मन्दिर



सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको क्षेमा देवी मन्दिर स्थानीय बासिन्दा तथा भक्तजनको आस्थाको केन्द्र बनेको छ ।

देवी क्षेमाले भक्तजनको संकट टार्ने र मनोकामना पूरा गर्ने गर्छिन् । विशेषगरी कार्तिक पुर्णिमा ,धन्य पुर्णिमा,शिवारात्री र चण्नी पुर्णिमाको समयमा यहाँ पूजाआजा तथा मेलाको भीड लाग्ने गर्छ । भक्तजनहरू दुरदराजबाट यहाँ पुगी देवीलाई बलि, धूप, दीप र प्रसाद चढाउने परम्परा रहेको क्षेमा देवी मन्दिरका पुजारी दिप बहादुर श्रेष्ठले अनलाइन सरोकरालाई बताउनु भयो ।

मन्दिर परिसरलाई स्थानीय सरकारले संरक्षण गर्दै आएका छन् भने नगरपालिकाले यसलाई धार्मिक पर्यटन स्थलका रूपमा विकास गर्ने योजना बनाएको छ । धार्मिक आस्था मात्र नभई सांस्कृतिक र पर्यटन दृष्टिले पनि क्षेमा देवी मन्दिर महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार ००:००  १ : १३ बजे