धनकुटामा तमोर नदीमा बाढी आएको छ । सोमबार (भदौ १६) बिहान मूलघाटमा तमोर नदी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“भदौ १६ गते, बिहान १० बजे । धनकुटा जिल्लास्थित तमोर मूलघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।












