२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलामा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु



गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका २ जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीका अनुसार फेला परेको एउटा शव रोप रेस्क्यु विधिबाट निकाल्ने काम भइरहेको छ । अर्को शव सोही खोलामा स्थानीयले देखेको भनी जानकारी प्राप्त भएको सशस्त्रले जनाएको छ ।

भदौ १५ गते गोसाइकुण्ड गाउँपालिका। ६, ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चे गएका थिए । लामो समय सम्पर्कमा नआएपछि उनीहरूका आफन्तले खोजीका लागि १७ गते विहान जिल्ला प्रहरी कार्यालय, रसुवामा निवेदन दिएका थिए । त्यसपछि नेपाली सेनाको श्रीनाथ गणले धुन्चेको चेकप्वाइन्टमा जडान गरेको सीसीटीभी फुटेजमा राति करीब १० बजे धुन्चेबाट ठाडेतर्फ मोटरसाईकलमा गएको देखिएको थियो ।

फुटेजकै आधारमा उनीहरुको खोजीकार्यको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं। २० गुल्म रसुवाबाट सई मोहवीर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली परिचालन भएको छ । घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको सशस्त्र प्रहरीद्वारा प्रेषित समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार ००:००  १ : ३१ बजे