२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजीको प्रदर्शनलाई मेयर बालेनले दिए समर्थन



सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् ।

उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जालमार्फत जानकारी गराएका छन् ।

‘भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा Zen G को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ,’ बालेनले भनेका छन्, ‘भोलि यो स्वतफुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’

उनले थप प्रश्न पनि गरेका छन्, ‘प्रिय Zen G भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ? ’

प्रकाशित मिति : २०८२, २२ भाद्र आइतबार ००:००  ३ : ४८ बजे