२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु



इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । इटहरी प्रहरीका अनुसार २५ वर्षका र अर्का ३० वर्षका दुई युवाको मृत्यु भएको छ ।

उनीहरुको नाम भने खुलिनसकेको प्रहरीले जनाएको छ । दोहोरो झडपका क्रममा एक जना सशस्त्र प्रहरी घाइते भएका छन् । यता काठमाडौंमा भने अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ । काठमाडौंको बानेश्वर चोकमा भएको झडपपछि प्रहरीले अन्धाधुन्ध चलाएको गोली लागेर १७ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म कम्तिमा पनि तीन सय काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् । त्यसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  ६ : ५४ बजे