नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जेनजी पुस्ताका आन्दोलनकारीले तोडफोड गरेका छन् । कफ्र्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका युवाहरुको एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेर तोडफोड गरेको हो ।
त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन् ।
उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ ।












