२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्या भण्डारीको घर पनि जलाए



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास भंगालमा आन्दोलनकरीले आगजनी गरेका छन् । बूढानिलकण्ठस्थित भंगालमा रहेको निवासमा केहीबेर अघि प्रदर्शनकारीले नियन्त्रणमा लिएर आगो लगाइएको भण्डारीका नीजि सचिव राजकुमार राइले जानकारी दिएका छन् ।

उनका अनुसार भण्डारी सुरक्षित छन् भने उनको घर आगोले नष्ट भएको छ ।

सरकार विरूद्द आक्रोशित नवयुवाले थालेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि हिँसा भड्किएको हो । शीर्ष दलका नेता, एवं मन्त्री र सांसदलाइ प्रदर्शनकारीले निशाना बनाएका छन् ।

कांग्रेस सभापती शेरबहादुर देउवाको निवासमा प्रवेश गरेर देउवा दम्पति माथि नै आक्रमण गरेका थिए भने घरमा आगो लगाइ दिएका थिए ।

प्रकाशित मिति : २०८२, २४ भदौ मंगलबार ००:००  ४ : ३३ बजे