पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास भंगालमा आन्दोलनकरीले आगजनी गरेका छन् । बूढानिलकण्ठस्थित भंगालमा रहेको निवासमा केहीबेर अघि प्रदर्शनकारीले नियन्त्रणमा लिएर आगो लगाइएको भण्डारीका नीजि सचिव राजकुमार राइले जानकारी दिएका छन् ।
उनका अनुसार भण्डारी सुरक्षित छन् भने उनको घर आगोले नष्ट भएको छ ।
सरकार विरूद्द आक्रोशित नवयुवाले थालेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि हिँसा भड्किएको हो । शीर्ष दलका नेता, एवं मन्त्री र सांसदलाइ प्रदर्शनकारीले निशाना बनाएका छन् ।
कांग्रेस सभापती शेरबहादुर देउवाको निवासमा प्रवेश गरेर देउवा दम्पति माथि नै आक्रमण गरेका थिए भने घरमा आगो लगाइ दिएका थिए ।











