२०८३, १८ बैशाख शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन जेलका कैदीबन्दी सामान बोकेर भागे



जिल्ला कारागार चितवनमा रहेका कैदीबन्दीलाई घर पठाइएको छ ।

कारागार कार्यालयमा कैदीबन्दीले नाराबाजी गरेर बाहिर निस्किन खोजेपछि सुरक्षाकर्मीले नै कारागारबाट कैदीबन्दीलाई घर पठाएका हुन् ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले अदालत पनि ध्वस्त भएको अवस्थामा कैदीबन्दीलाई सुरक्षाकर्मीकै रोहबरमा घर पठाइएको बताए ।

घर जान निस्किएका कैदीबन्दीले आफ्नो बन्दोबस्तीका सामान, मुढा लगायतसहित घर हिँडेका छन् ।

घर जान चाहेको सबैलाई घर पठाइएको बताइए पनि उनीहरू कस्ता प्रकृतिका मुद्दाका थिए भन्ने पूरा विवरण भने आएको छैन ।

प्रकाशित मिति : २०८२, २५ भदौ बुधबार ००:००  ९ : ०६ बजे