दूरसञ्चार सेवा प्रदायक एनसेलको केन्द्रीय कार्यालयमा पनि आन्दोलनकारीहरू प्रवेश गरी तोडफोड र आगजनी गरेका छन् । यस घटनाका बाबजुद एनसेलले आफ्ना उपभोक्तालाई सहज सञ्चारको पहुँच सुनिश्चित गर्न आगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।
एक विज्ञप्ति जारी गर्दै एनसेलले हालै देशमा विकसित दुर्भाग्यपूर्ण घटनाक्रमबाट आफूहरू मर्माहित भएको बताउँदै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ । आमउपभोक्तालाई परिवर्तन र संकटको समयमा देश विदेशमा रहेका आफन्तजनहरूसँग सम्पर्क निरन्तर कायम राख्नु आफ्नो प्राथमिकता रहेको कम्पनीले जनाएको छ ।











