२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिको म्यान्डेट लिएर सल्लाहकारहरू सरोकारवालासँग जुटे छलफलमा



राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सरोकारवालाहरूसँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारहरूलाई दिएका छन् । पौडेलको म्यान्डेट लिएर उनका सल्लाहकारहरू लक्ष्मी निवासमा रहेको भैरवनाथ गणमा सरोकारवालासँग छलफल गर्न पुगेका छन् ।

पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, परराष्ट्र सल्लाहकार डा। सुरेश चालिसे, कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल भैरवनाथ गणमा पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

त्यहाँ उनीहरूले जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, संविधानविद्, कानुनविद् र अन्य व्यक्तिहरूसँग आवश्यकताका आधारमा छलफल गर्ने स्रोतले बतायो ।

राष्ट्रपति पौडेलले आफ्नो निवासमा अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग कुराकानी गरिरहेका छन् । सल्लाहकारहरूले छलफलबाट ल्याएको निचोड राष्ट्रपतिलाई ब्रिफिङ गर्ने र त्यसपछि त्यही ब्रिफिङका आधारमा राष्ट्रपति अगाडि बढ्ने तयारी राष्ट्रपतिको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले अहिले प्रधानसेनापति सिग्देलसँग घटनाक्रम र अब कसरी अगाडि बढ्ने भन्नेबारे ब्रिफिङ लिइरहेका छन् ।

प्रकाशित मिति : २०८२, २७ भदौ शुक्रबार ००:००  २ : १५ बजे