२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनलाइनबाट सुझाव संकलन गरेर छानिँदै नयाँ मन्त्री



शुक्रबार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै अब मन्त्रिपरिषद् गठनको प्रक्रिया थालनी भएको छ । यस प्रक्रियामा सघाउन युवा पुस्ता ९जेनजी० ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत मन्त्री र सल्लाहकारका लागि सुझाव संकलन गर्न थालेका छन् ।

जेनजी पुस्तालाई साथमा लिएर मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्री कार्कीको योजना रहेकाले युवाहरूले यो अभियान थालेका हुन् ।

यसपहिले आफू नजिकका र क्षमता तथा सीप नभएका वा सम्बन्धित क्षेत्र नबुझेका व्यक्तिहरूलाई मन्त्री बनाउने परिपाटी रहेकोमा यस अभियानले राम्रो सन्देश दिएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् ।

जनसहभागिता र विज्ञतालाई प्राथमिकता दिनेगरी मन्त्रिपरिषद् गठन गर्न आवाज उठेकोमा यो प्रक्रिया पनि सहयोगी हुने चर्चा गरिएको छ ।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यदेश पाएको छ ।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार ००:००  २ : ३१ बजे