२०८३, ५ श्रावण मंगलबार | Wed Jul 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डको सचिवालयबाट गंगाले दिइन् राजीनामा



नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् ।

आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् ।

‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उनले भनेकी छिन् ।

पार्टीमा जिम्मेवार कार्यकर्ता भएर सधैं क्रियाशील रहने पनि उनले बताएकी छिन् । ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भनेकी छिन् ।

आफ्नाबारे विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार आएको दाबी गर्दै उनले ध्यानाकर्षण पनि गराएकी छिन् ।

प्रकाशित मिति : २०८२, ३ कार्तिक सोमबार ००:००  ३ : ०३ बजे