२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हैदराबादबाट बैंगलुरु जाँदै गरेको बसमा आगो लाग्दा १० जनाको मृत्यु



भारतको हैदराबादबाट बैंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो । सो घटनामा १० जनाको मृत्यु पुष्टि भएको र केही यात्री गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । सो बसमा ४२ यात्री सवार थिए ।

समाचारअनुसार दुर्घटनामा परेर घाइते भएका यात्रुको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्ने सक्ने आशंका गरिएको छ ।

एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको समाचार छ । तर, स्थानीय प्रशासनले दुर्घटनाको कारण भने आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

प्रकाशित मिति : २०८२, ८ कार्तिक शुक्रबार ००:००  १० : ४५ बजे