२०८३, २ आश्विन शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनियुक्त दुई मन्त्रीले लिए शपथ



नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्ताले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

यसअघि, मन्त्री नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरिएको थियो । तर, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ अन्तिममा आएर रोकिएको थियो ।

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई भूमि सुधारमा सिफारिस गरिएको थियो । 

प्रकाशित मिति : २०८२, ९ कार्तिक आइतबार ००:००  ३ : ३९ बजे