२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षाको कारण त्रिभुवन अन्तराष्ट्रीय उडान अवरुद्ध



बिहान देखी परेको लगातारको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि परेको वर्षा र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण राष्ट्री र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु सक्रिय भईरहेको छ भने बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा परेको छ । यसै कारण उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको हो ।

अरब सागरमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले अझ केही दिन देशभर बदली र हल्का वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहिबार ००:००  ११ : ५० बजे