२०८३, २ असार मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलासगढीमा प्रविधि–मैत्री कक्षाको शुभारम्भ, विद्यालयलाई ल्यापटप र डिजिटल बोर्ड हस्तान्तरण



खोटाङको कपिलासगढी गाउँपालिका Digital Bridges for Nepal को साझेदारीमा सञ्चालित प्रविधि–मैत्री कक्षाको आज औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

कार्यक्रमका क्रममा पृथ्वी माध्यमिक विद्यालय, वाक्सिला र कुहुडाँडा माध्यमिक विद्यालय, फेदीमा प्रविधि–मैत्री कक्षा सञ्चालनका लागि आवश्यक ल्यापटप, डिजिटल बोर्ड सहितका विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएको हो।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।यस परियोजनाको उद्देश्य विद्यालयमा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने, शिक्षकहरूलाई डिजिटल शिक्षण विधिमा सशक्त बनाउने र विद्यार्थीहरूलाई विश्वव्यापी ज्ञान सञ्जालसँग जोड्ने रहेको छ।

प्रकाशित मिति : २०८२, २० कार्तिक बिहिबार ००:००  ६ : ०२ बजे