देशव्यापी रूपमा सञ्चालन भएको भिटामिन ‘ए’ र कृमिनाशक औषधि खुवाउने राष्ट्रिय अभियान अन्तर्गत मिति कार्तिक २० र २१ गते सिन्धुलीको,मरिण गाउँपालिकामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त अभियानको औपचारिक उद्घाटन गाउँपालिकाका अध्यक्ष श्री विमर्श मुक्तान (प्रख्यात) ,प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास ,स्वास्थ्य शाखा प्रमुख श्री मधु लाखे तथा वडा नं. ४ का वडा अध्यक्ष जित बहादुर काल्तान ज्यूको उपस्थितिमा सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा कृमिनाशक औषधि वितरण गरिएको थियो। स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेविकाको सक्रिय सहभागितामा गाउँपालिकाका सबै वडामा अभियान प्रभावकारी रूपमा सम्पन्न भएको जनाइएको छ।
स्वास्थ्य शाखाले यो अभियान मार्फत बालबालिकामा पोषण अभाव तथा कृमिको समस्या न्यूनीकरण गर्दै स्वस्थ र सशक्त बालबालिका विकासमा टेवा पुग्ने अपेक्षा गरिएको जनाएको छ।











