२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढानीलकण्ठमा महिला जनप्रतिनिधिसँग कार्यसमन्वय र क्षमता सुदृढीकरणबारे छलफल



बूढानीलकण्ठ नगरपालिकामा नगर प्रमुख, उप–प्रमुख, प्रशासनिक अधिकृत तथा नगरका वडाका महिला जनप्रतिनिधिहरूबीच कार्यसमन्वय, नेतृत्व क्षमताको सुदृढीकरण र स्थानीय शासनका विषयमा केन्द्रित छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममार्फत महिला जनप्रतिनिधिहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक क्षमता विकासका कार्यक्रमहरूको आवश्यकता पहिचान र मूल्याङ्कन गरिएको थियो। छलफलका क्रममा आधारभूत कम्प्युटर तालिम, लेखन सीप र भाषिक शुद्धता, तथा विद्यमान ऐन–कानुन र स्थानीय शासनसम्बन्धी अभिमुखीकरण तालिम लगायतका विषय उठान भएका थिए।

नगर प्रशासनका अनुसार तत्काल यस्ता तालिमहरू सञ्चालन नगरी आवश्यकताको आधारमा चरणबद्ध रूपमा कार्यक्रम आयोजना गर्ने सहमति गरिएको छ।

सो अवसरमा जेन्जी आन्दोलनपछिको स्थानीय तहमा परेको प्रभाव, सुशासन प्रवर्द्धन, पारदर्शिता कायम राख्ने, सेवा प्रवाहमा उत्तरदायित्व सुनिश्चित गर्ने र समन्वयात्मक कार्यशैली अपनाउने विषयमा पनि विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अन्त्यमा नगरपालिका नेतृत्वले महिला जनप्रतिनिधिहरूको सक्रिय सहभागिता, नेतृत्व क्षमताको सुदृढीकरण र स्थानीय विकासमा प्रभावकारी योगदान सुनिश्चित गर्न निरन्तर सहयोग तथा आवश्यक स्रोत–साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, २२ कार्तिक शुक्रबार ००:००  ४ : ३३ बजे