२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरले नेपाल स्काउटको संरचनामा चलायो डोजर



खेलकुदमन्त्री बब्लु गुप्ताको अगुवाईमा काठमाडौँ महानगरपालिकाको टोलीले दिपक खड्काले कब्जा गरेको भनिएको नेपाल स्काउटको संरचनामा डोजर चलाएको छ।

महानगरका मेयर बालेन शाहको निर्देशनमा गरिएको उक्त कारबाहीमा भौतिक पूर्वाधार व्यवस्थापन महाशाखा, प्रहरी र प्रशासनका प्रतिनिधिहरू समेत सहभागी रहेको स्रोतले जनाएको छ।

दिपक खड्काले लामो समयदेखि कानुनी स्वामित्व नहुँदा पनि स्काउटको नाममा रहेको संरचना कब्जा गरी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भन्दै मन्त्रालय र महानगरले संयुक्त पहलमा सो कदम चालिएको बताइएको छ।

यसबीच, दिपक खड्का पक्षले भने यो कारबाहीलाई राजनीतिक प्रतिशोधको परिणाम भन्दै विरोध जनाएको छ। उनीहरूले उचित कानुनी प्रक्रिया बिना डोजर चलाइएको भन्दै न्यायको माग गरेका छन्।

प्रकाशित मिति : २०८२, २८ कार्तिक बिहीबार ००:००  १० : ३४ बजे