२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलो पटक साइक्लोट्रोन मेसिन स्थापना गर्न तयारी



नेपालमा पहिलो पटक क्यान्सर उपचारका लागि आवश्यक रेडियोआइसोटोप उत्पादन गर्ने साइक्लोट्रोन मेसिन स्थापना गर्ने प्रक्रिया सुरु गरिएको छ। यो विषयमा विज्ञान मन्त्रालयमा विज्ञहरू, सम्बन्धित प्राविधिक तथा सरोकारवाला निकायबीच छलफल सम्पन्न भएको छ।

साइक्लोट्रोन मेसिन एक प्रकारको कण प्रवेगक (Particle Accelerator) हो, जसले चार्ज भएका कणहरूलाई अत्यधिक उच्च गतिमा प्रवेगित गरी रेडियोआइसोटोप उत्पादन गर्न प्रयोग गरिन्छ। यही रेडियोआइसोटोप PET स्क्यान र अन्य क्यान्सर निदान तथा उपचारका लागि अत्यावश्यक औषधि उत्पादनमा प्रयोग हुन्छ।

वर्तमानमा नेपालमा करिब ११ वटा अस्पतालमा क्यान्सर उपचार सेवा उपलब्ध भए पनि, यी अस्पतालहरूले प्रयोग गर्ने अधिकांश रेडियोआइसोटोप विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ। साइक्लोट्रोन मेसिन नेपालमै स्थापना भएपछि उक्त निर्भरता घट्ने, साथै उपचार खर्च पनि सस्तो हुने अपेक्षा गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनका अनुसार, “यो परियोजना इमान्दारीपूर्वक अगाडि बढाउन सके कम्तीमा ९० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। तर यो कुनै खर्च होइन, हजारौं बिरामीको जीवन बचाउने लगानी हो। यस्तो प्रविधिमा कन्जुस्याइँ गर्नु हुँदैन,” उनले बताएका छन्।

साइक्लोट्रोन सञ्चालनमा आएपछि नेपालले पहिलो पटक आफ्नै देशभित्र क्यान्सर उपचारका लागि आवश्यक रेडियोआइसोटोप उत्पादन गर्न सक्नेछ। यसले देशमा क्यान्सर उपचारको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २८ कार्तिक बिहीबार ००:००  १ : १६ बजे