२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा



धानमन्त्री सुशीला कार्कीविरूद्ध अदालतको आदेशको अवहेलनाको मुद्दामा पेसी मंसिर ७ गते तोकिएको छ ।

गत कात्तिक १६ गते सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले राजदूत पुनः फिर्ता बाेलाएर अदालतको आदेशकाे अवहेलना गरेकोमा अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका थिए । सोही रिटको मुद्दाको पेसी मंसिर ७ गते तोकिएको सर्वोच्चले जनाएको छ ।

सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो ।

अदालतले उक्त दिन प्रारम्भिक सुनुवाइ सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार ००:००  २ : ०० बजे