२०८३, २ असार मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखा–२ मा गले पार्क निर्माणको शिलान्यास



काठमान्डौँ जिल्लाको टोखा नगरपालिका–२ स्थित गले पार्क निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख जानुका ढकाल, टोखा नगरप्रमुख प्रकाश अधिकारी, विभिन्न जनप्रतिनिधिहरू, सघ–संस्थाका पदाधिकारी, तथा स्थानिय राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो।

टोखा नगरपालिकाले वडा नम्बर २ मा काठमाडौं उपत्यका विकास प्राधिकरणको बजेटमार्फत ७ करोड ९५ लाख रुपैयाँको लागतमा गले पार्क निर्माण कार्य सुरु गरेको हो। यो बजेट वडा नं. २ र वडा नं. ६ को संयुक्त साझेदारीमा विनियोजन गरिएको छ।

पार्कमा पोखरी, स्तम्भ, चाकु स्तम्भ, बालमैत्री पार्क, जेष्ठ नागरिकमैत्री पार्क, पैदल मार्ग लगायतका संरचना निर्माण गरिने वडा नं। २ का वडा अध्यक्ष धमेन्द्र श्रेष्ठले अनलाइन सरोकारसँग बताए।

उनका अनुसार निर्माण कार्य १४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ।
शिलान्यास कार्यक्रममा सहभागी सबैप्रति आयोजक पक्षले हृदयदेखि आभार प्रकट गरेको छ।

प्रकाशित मिति : २०८२, २ मंसिर मंगलबार ००:००  २ : २७ बजे