२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१९ अर्बका नोट जलाएर बनाइयो आगो बाल्ने ब्रिकेट्स



गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकले १९ अर्ब ५४ करोड रूपैयाँ बराबरका काम नलाग्ने नोटबाट आगो बाल्न प्रयोग हुने ब्रिकेट बनाएको छ। 

राष्ट्र बैंकको तथ्यांक अनुसार चलनचल्तिमा पठाउन अयोग्य नोटहरू पछिल्लो समय ब्रिकेट बनाएर बिक्री गरिन थालिएको छ। 

गत आर्थिक वर्ष २०८१/८२ मा २० रूपैयाँ दरका सबैभन्दा धेरै नोट चल्नचल्तिमा पठाउन अयोग्य भएका हुन्।

यो दरका दुई करोड ९४ लाख वटा नोट अयोग्य भएका हुन्। त्यस्तै, सय रूपैयाँका दुई करोड ८० लाख वटा र पाँच सय रूपैयाँका एक करोड ५७ लाख वटा नोट काम नलाग्ने भएका हुन्। 

चलनचल्तिमा पठाउन अयोग्य नोटहरू खिच्ने र त्यसलाई नष्ट गर्ने प्रक्रियालाई नोट धुलाइने समेत भनिन्छ। हालसम्म भने सात खर्ब ४५ अर्ब बराबरका नोट धुल्याइसकिएको छ।   

त्यस्तै, अहिले बजारमा सात खर्ब ६१ अर्ब बराबरका विभिन्न दरका नोट चलनचल्तिमा छन्। पाँच रूपैयाँ, १० रूपैयाँ र हजार रूपैयाँका धेरै नोट चलनचल्तिमा छन्। 

पाँच रूपैयाँ दरका ७५ करोड वटा, १० रूपैयाँ दरका ५८ करोड वटा र हजार रूपैयाँ दरका ५३ करोड वटा नोट चलनचल्तिमा रहेका हुन्। 

चलनचल्तिमा नपठाइएका कुल ५१ अर्ब ५१ करोड बराबरका नोट राष्ट्र बैंकमा स्टकको रूपमा राखिएका छन्। 

आर्थिक वर्ष २०८१/८२ मा भने राष्ट्र बैंकमा कुल एक खर्ब ४५ अर्ब रूपैयाँका नोट स्टकमा थिए भने ६ खर्ब ९० अर्ब बराबरका नोट चलनचल्तिमा थिए। 

प्रकाशित मिति : २०८२, ३ मंसिर मंगलबार ००:००  ३ : १२ बजे