२०८३, ७ भदौ आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजी’ अभियन्ताको समूहबीच आपसमा विवाद हुँदा कार्यालय तोडफोड



जेनजी’ अभियन्ता मिराज ढुंगानाको समूहबीच आपसमा विवाद हुँदा काठमाडौंको नक्सालस्थित उनको कार्यालयमा तोडफोड र हातपात गरिएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बुधबार (मंसिर) ३० साँझ करिब ६ बजे ढुंगाना समूहका केही व्यक्तिहरू छलफल गर्ने भनेर त्यहाँ पुगेका थिए ।

परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले उनकै समूहबीच आपसमा विवाद भएको बताए । “उहाँहरू आफू आफूबीच विवाद भएपछि तोडफोड र सामान्य हातपात भएको हो । त्यसपछि प्रहरी पठाएका थियौँ,” उनले बाह्रखरीसित भने ।

कार्यालय तोडफोड र हातपात गर्ने कुनै पार्टीका कार्यकर्ता नभई ढुंगाना समूहकै साथीहरू रहेको खुलेको प्रहरीले जनाएको छ ।

आक्रमणपछि ढुंगानाले आफ्नो कार्यालय र साथीहरूमाथि हातपात भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेका थिए ।

ढुंगानाले ‘गरी खान देऊ’ नामक समूह घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहिबार ००:००  १२ : ०३ बजे