२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशी–२ मा सामाजिक सेवा : अध्यक्ष श्रेष्ठद्वारा चत्तुरे तामाङलाई सहयोग



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का वडा अध्यक्ष कुमार श्रेष्ठले सन्तानविहीन तथा आर्थिक रूपमा कमजोर रहेका चत्तुरे तामाङलाई व्यक्तिगत तर्फबाट जाडोका लागि न्यानो कपडा र रासन सामग्री हस्तान्तरण गरेका छन्।
समाजका विपन्न नागरिकलाई प्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएका अध्यक्ष श्रेष्ठले “वडाभित्र कसैलाई पनि समस्यामा एक्लिनु नपरोस्” भन्ने भावना लिएर निरन्तर सेवा प्रवाह गर्दै आएका छन्।

उनले चत्तुरे तामाङलाई सहयोग गर्दै, सामाजिक उत्तरदायित्व केवल पदकै कारण नभई मानवताको आधारमा हुनुपर्ने बताउँदै, वडाका सबै नागरिकलाई जिम्मेवारीपूर्वक साथ–सहयोग गर्ने प्रतिबद्धता जनाए।

कुमार श्रेष्ठको नेतृत्वमा भोटेकोशी–२ मा पछिल्ला वर्षहरूमा विकासात्मक परिवर्तन देखिन थालेको छ ।
स्थानीय जनताका दुख–सुखमा साथ दिन सदैव अगाडि रहने अध्यक्ष श्रेष्ठ सामाजिक सेवा र विकास–दुवै क्षेत्रमा सक्रिय, जवाफदेही र जनमुखी नेतृत्वका रूपमा चिनिन्छन्।
चत्तुरे तामाङलाई गरिएको भौतिक सहयोगले मात्र होइन, पछिल्लो केही वर्षयता उनले वडामा ल्याएको परिवर्तन, पारदर्शिता र जनसरोकारप्रतिको प्रतिवद्धताले पनि स्थानीयबासीहरू उनीप्रति सन्तुष्टि व्यक्त गर्दै आएका छन्।

प्रकाशित मिति : २०८२, ८ मंसिर आइतबार ००:००  २ : ३५ बजे