२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपुर–२ मा संघीय सांसदका लागि कांग्रेसबाट युवा नेता शंकर तिवारी सिफारिस



नवलपुर–२ क्षेत्रबाट आगामी संघीय निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका लागि युवा नेता शंकर तिवारीको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा परेका उम्मेदवारमध्ये तिवारी सबैभन्दा कान्छा नेता मानिन्छन्।

पार्टीभित्र निडर र धारिलो वक्ताका रूपमा पहिचान बनाएका तिवारी नेपाली कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानका सदस्य रहिसकेका छन्। साथै पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा समितिमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सहकार्य गर्दै काम गरिसकेका उनी संगठनभित्र सक्रिय विचारकका रूपमा पनि परिचित छन्।

२०७९ को निर्वाचनमा समेत उनको नाम प्रत्यक्षतर्फ सिफारिस भएको थियो। राजनीतिक विश्लेषकका रूपमा पनि चर्चित तिवारीका “कसले सुधार्छ कांग्रेस”, “नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू” लगायत झण्डै एक दर्जनजति पुस्तक प्रकाशित छन्।

यता सो क्षेत्रमा तिवारीसँगै निवर्तमान सांसद विष्णु कार्की सहित थप दुई जनाको नाम पनि प्रत्यक्षतर्फका लागि सिफारिस भएको नेपाली कांग्रेस नवलपुर–२ ले जनाएको छ।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहिबार ००:००  ११ : १७ बजे