२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्मिता थापा बनिन् एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, ओली प्यानलको खुला महिला कोटामा



२०७९ सालको स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरको जनप्रतिनिधि बनेर चर्चामा आएकी ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा सबैभन्दा कान्छो उम्मेदवारका रूपमा डेब्यु गरेकी छन्।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा थापा जेन–जी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी हुन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्य (महिला क्लस्टर) तर्फ उम्मेदवारी दर्ता गराएकी छन्। २९ वर्षीया थापा ‘अण्डर थर्टी’ समूहबाट केन्द्रीय नेतृत्वमा पुग्ने प्रयासमा रहेकी छन्।

उनको उम्मेदवारीका प्रस्तावक कोशी प्रदेश सरकारकी मन्त्री सिर्जना राई तथा समर्थक अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठ रहेका छन्। कोशी प्रदेशका नेताहरूको सिफारिसमा थापालाई केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको बताइएको छ।

हाल ओखलढुंगा जिल्ला कमिटीकी उपसचिव रहेकी थापा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकै अवस्थामा २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

महाधिवेशन सन्दर्भमा थापाले पार्टीमा नयाँ पुस्ता, आन्दोलनबाट स्थापित युवा नेताहरू समेटिएको दोस्रो पुस्ता तथा पार्टी स्थापनादेखि लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको पहिलो पुस्ताबीच सन्तुलित संयोजनमार्फत नयाँ रूपान्तरण आवश्यक रहेको बताएकी छन्।

प्रकाशित मिति : २०८२, ३० मंसिर सोमबार ००:००  २ : ४९ बजे