२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेट, के भयो कुरा ?



 प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् ।

भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे ।

प्रधानमन्त्री कार्कीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाई तथा सफल यात्राको कामना गरिन् । साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाइन् ।

उनले चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि व्यक्त गरिन् ।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार ००:००  ५ : ४९ बजे