रास्वपा र बालेनबीच भएको एकताको अनुमोदन भएको छ ।
बालेनसँगको सहमतिपछि रास्वपाले बोलाएको केन्द्रीय समिति बैठकले राति यस्तो निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
उनका अनुसार रवि लामिछाने र बालेनबीच भएको सम्झौताको अनुमोदन भएको हो ।
“राष्ट्रहितका लागि बृहत् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको जालो च्यातेर सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने दिशातर्फ उन्मुख हुने अपेक्षाका साथ बृहत् एकता सम्बन्धी सहमतिको केन्द्रीय समिति सम्मानसाथ पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,” निर्णयमा उल्लेख छ ।











