२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ महानगरपालिका-७ मा उद्यमी महिलाका लागि ५ दिने तालिम सम्पन्न



काठमाडौँ महानगरपालिका वडा नं. ७ को सहयोग तथा गृहिणी महिला संघ नेपालको आयोजनामा उद्यमी महिलालाई लक्षित पाँच दिने बजार व्यवस्थापन तथा बजारिकरण सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

वडा नं. ७ को वडा कार्यालय भवनमा यही महिनाको १५ गतेबाट सुरु भएको तालिम कार्यक्रम आज एक औपचारिक समारोहबीच समापन गरिएको हो। तालिम समापन समारोहमा बोल्दै वडा अध्यक्ष विमल कुमार होडाले वडा भित्रका महिलालाई उद्यमशीलतामा जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले गृहिणी महिला संघ नेपालसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले महिलाको आर्थिक सशक्तीकरण नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै यस्ता तालिम कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा बजारको पहिचान, उत्पादनको मूल्य निर्धारण, ग्राहक व्यवस्थापन, बिक्री प्रवर्द्धन तथा आधुनिक बजारिकरणका उपायबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो। तालिमबाट करिब ३० जना महिलाले लाभ लिएका छन्।

समापन समारोहमा तालिम सफलतापूर्वक पूरा गर्ने सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागी महिलाहरुले तालिमले आफ्नो व्यवसाय विस्तार र बजार पहुँच बढाउन महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

स्थानीय तह र संस्थागत सहकार्यबाट सञ्चालन भएका यस्ता कार्यक्रमले महिलालाई उद्यमशील बन्न प्रेरित गर्नुका साथै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२, २० पुस आइतबार ००:००  ५ : २५ बजे