२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चारमन्त्री जगदीश खरेललाई प्रश्न– तीनजना मन्त्रीको कहिले आउँछ राजीनामा ?



सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले उर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री खरेललाई राजीनामा दिन निर्देशन दिएको खबर बाहिरिएको थियो ।
 
यसै विषयलाई खरेलले खण्डन गरेका हुन् । “प्रधानमन्त्रीज्यूले राजीनामा दिनुस् भन्नुभएको होइन । उहाँले ख्यालठट्टाको शैलीमा तपाईंहरू राजनीतिमा आउन चाहनुहुन्छ भने स्वतन्त्र हुनुहुन्छ भन्नुभएको हो,” मन्त्री खरेलले बाह्रखरीसित भने ।
 
अहिलेसम्म आफू कुनै पार्टीमा सक्रिय नरहेको र राजनीतिक गतिविधि पनि नगरेको उनको भनाइ छ । 

“म चुनाव गराउनै पर्छ भनेर सरकारको तर्फबाट लागिरहेको छु । कुनै पनि राजनीतिक गतिविधिमा संलग्न छैन,” उनले भने, “अहिलेसम्म चुनाव लड्नका लागि राजीनामा दिने मनस्थिति बनाइसकेको छैन ।”  

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमानले एक/दुई दिनैमा राजीनामा दिने तयारी गरिसकेको उनीनिकट स्रोतले बताएको छ । “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता र चुनावीसभा गर्दै छौँ । त्यसैले मन्त्रीज्यू सरकारमा बस्नुहुन्न,” स्रोतले भन्यो ।
 
रवि र कुलमानबीच भएको वार्ता र सहमतिका क्रममा मन्त्री गुप्ताको पनि सहभागिता थियो । उनी पनि चुनाव लड्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २०८२, २३ पुस बुधबार ००:००  २ : ०६ बजे