२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मित्रपार्क क्षेत्रमा खानेपानी पाइपलाइन मर्मत तथा इन्टरकनेक्सन कार्य सुरु



काठमाडौँ महानगरपालिका वडा नं. ७ अन्तर्गत मित्रपार्क क्षेत्रमा खानेपानी पाइपलाइन लिकेज मर्मत तथा इन्टरकनेक्सन कार्य सुरु भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय, अनामनगरको समन्वयमा उक्त कार्य अघि बढाइएको हो।

खानेपानी वितरण सञ्जाल सुधार आयोजना अन्तर्गत Distribution Network Improvement for Efficient NRW Management (Package–5 ) कार्यक्रमअनुसार वडा नं. १५ को किमडोल छाउनी अस्पताल सडक तथा फुटपाथ क्षेत्रमा Open Cut Method मार्फत Secondary तथा Tertiary पाइपलाइन बिछ्याउने र वडा नं. ७ र १३ क्षेत्रलाई जोड्ने इन्टरकनेक्सनसम्बन्धी कार्य सुरु गरिएको पत्रमा उल्लेख छ।

सडक डिभिजन काठमाडौँबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको र मिति २०८२/०९/२१ देखि पाइप बिछ्याउने तथा इन्टरकनेक्सन कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको आयोजनाले जनाएको छ। कार्यको क्रममा सवारी आवागमनमा पर्ने असर न्यूनिकरण गर्न तथा काम सम्पन्न भएपछि प्रभावित स्थानलाई व्यवस्थित रूपमा पुनःस्थापना गरिने प्रतिबद्धता समेत पत्रमा जनाइएको छ।

वडा अध्यक्ष विमल कुमार होडा ले खानेपानी चुहावट (लिकेज) नियन्त्रण र दीर्घकालीन समाधानका लागि यो कार्य महत्वपूर्ण रहेको बताउँदै, निर्माण अवधिमा स्थानीयवासीको सहयोग र सहकार्य आवश्यक रहेको जनाउनुभयो। उहाँले विकास निर्माणका कार्यले केही असुविधा भए पनि दीर्घकालमा नागरिकले गुणस्तरीय खानेपानी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित निकाय र स्थानीय तहको समन्वयमा कार्य तोकिएको समयमै सम्पन्न गरिने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २३ पुस बुधबार ००:००  २ : २४ बजे