२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन आह्वान



सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ । 

प्रहरी प्रधान कार्यालयले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ । 

दरखास्त पुस २५ देखि माघ १ गतेसम्म दिन सकिनेछ । बिहान १० देखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ । 

दरखास्त दिने व्यक्ति १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । सेवाअवधी कम्तीमा ४० दिन हुने बताइएको छ ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्दै छ । सोही प्रयोजनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो । 

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार ००:००  ११ : ५३ बजे