२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि दर्ता ८ बजेदेखि, बन्दसत्र १० बजे सुरु हुने



नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहानबाट सुरु हुने भएको छ । 

बिहान १० बजेबाट बन्दसत्र सुरु हुनेछ । त्यसअघि, बन्दसत्रमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको दर्ता ८ बजेबाट सुरु हुँदै छ । दर्ता सकिएपछि १० बजेबाट बन्दसत्र हुनेछ । 

विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबार उद्घाटन भएको थियो । 

विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका २६ सय ६२ प्रतिनिधिले प्रतिनिधिले नाम दर्ता गराएका हुन् । 

कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

कांग्रेस महामन्त्री गगन थापाले महाधिवेशनले चाह्यो भने नीति र नेता बदल्न सक्ने बताएका छन् ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार ००:००  १० : २९ बजे