राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु गरिएको छ । आइतबार (माघ ११) बिहान ९ बजेदेखि मतदान थालिएको निर्वाचन आयोगले जनाएको छ ।
सातै प्रदेशमा मतदान सुरु गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुन लागेका १८ मध्ये एक पदमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका निम्ति मतदान सुरु गरिएको हो ।
यस दिन दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको आयोगले जनाएको छ ।











