२०८२, २१ माघ मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या



मोरङको रंगेलीमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।

रंगेली नगरपालिका–५ बहुवन बस्ने अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली पुगेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटना घटना मंगलबार बिहान २ः४५ बजे भएको हो । २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।

मुकेश सोमबार बेलुका  ससुराली घरमा पुगेका थिए । अम्बिकाकुमारीलाई चक्कुले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रहरीको प्रारम्भिक अनुमान छ । 

दुवैको शव अहिले घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल घटनास्थल पुगेका छन् ।

घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । 

प्रकाशित मिति : २०८२, २१ माघ मंगलबार ००:००  १० : ०७ बजे