२०८३, २ बैशाख बुधबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड



राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । बुधबार (माघ २१) राति झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो ।

झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै सम्पर्क कार्यालय खोलिएको थियो । रास्वपाका वरिष्ठ नेता एवं पार्टीबाट झापा–५ का उमेदवार बालेन्द्र शाहको प्रचारप्रसार, भेटघाटका निम्ति कार्यालय खोलिएको हो ।

तोडफोडबाट सम्पर्क कार्यालयको झ्यालका सिसा फुटेको रास्वपाका जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिए । “कमल गाउँपालिकामा रहेको सम्पर्क कार्यालय तोडफोड भएको छ । तोडफोडबाट झ्यालका सिसा फुटेको छ । अन्य क्षति छैन,” उनले भने ।

सम्पर्क कार्यालयमा तोडफोड कसले गरेको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तोडफोडबारे जानकारी प्राप्त भएको र थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २२ माघ बिहिबार ००:००  ११ : १५ बजे