२०८२, ४ फाल्गुन सोमबार | Tue Feb 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजी प्रदर्शनमा जेलबाट भागेको भन्दै रविलाई मतदाताको प्रश्न, जवाफ के दिए ?



चितवन–२ को घरदैलो कार्यक्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई एक मतदाताले जेनजी आन्दोलनको विषयमा प्रश्न उठाएका छन् । 

ती मतदाताले गएको भदौ २३ र २४ को आन्दोलनमा लामिछानेसँगै धेरै कैदीबन्दी बाहिर निस्किएको र आन्दोलनको नेतृत्व पनि गरेको भन्दै प्रश्न गरेका हुन् ।

“जेनजी आन्दोलनका क्रममा तपाईं बाहिर निक्लिनुभयो, धेरै कैदीबन्दी पनि निक्लिए । करिबकरिब तपाईंले नै नेतृत्व गरेको भन्ने चर्चा छ । सत्य कुरा के हो?” ती मतदाताले प्रश्न गरे । 

जवाफमा लामिछानेले आफ्नो कुनै पावर–पहुँच नभएको भन्दै जेल जोगाएर बसेको मान्छेलाई जबर्जस्ती पत्र थमाएर जानुस् भनेर पठाएको दाबी गरे । 

“त्यसबेला आन्दोलनकै बीच बयान दिन जाने म एक्लो कैदीबन्दी थिएँ । पाँचवटा फलामे ढोकाभित्र बस्नुपर्छ कैदीले । मेरो के पहुँच थियो र ? उसले त जेल जोगाएको रहेछ भनेर आयोगका प्रमुख र जेलरले नै भन्नुभएको थियो,” लामिछानेले भने, “अरु भागेर गए, म आन्दोलनको हुलमा गएँ । बाँकी कुरा उमेर र राजनीतिक चेतनाका रूपमा यति परिपक्व हजुरको विवेकलाई छाडेँ ।”

प्रकाशित मिति : २०८२, ४ फाल्गुन सोमबार ००:००  ४ : १९ बजे