२०८२, ९ फाल्गुन शनिबार | Sun Feb 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको झन्डा जलाएको आरोपमा थप दुईजना समातिए



नेकपा (एमाले)को झन्डा जलाएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४, हलवारका ३० वर्षीय रमेश रानामगर र तुलसीपुर–६, गाइडरका २४ वर्षीय विक्रम परियार रहेका प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यही फागुन ७ गते राति करिब साढे ९ बजे तुलसीपुर–५, वीरेन्द्रचोकमा एमालेको चुनाव चिह्न सूर्यअंकित झन्डा जलाइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुर्खेतबाट दाङ आउने क्रममा उक्त घटना भएको थियो । 

झन्डा जलाएको आरोमा शुक्रबार (फागुन ८) प्रहरीले तुलसीपुर–७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अरू सम्भावित व्यक्तिहरूको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

लामिछानेलाई स्वागत गर्न उपस्थित भीडमा रहेका केही व्यक्तिहरूले झन्डा जलाउनुका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : २०८२, ९ फाल्गुन शनिबार ००:००  ११ : ०३ बजे